शान्ति नेपाली समाज बेलायत ले सदा झै अंग्रेज़ी नयाँ वर्ष सन 2023 तथा नेपाल सम्वत् ११४३ को अवसर पारेर दशौ अन्तराष्ट्रीय नेपाली टोपी दिवस “हाम्रो टोपि हाम्रो शान नेपाली पोशाक हाम्रो पहिचान ‘’ भन्ने नाराका साथ एक कार्यक्रम को आयोजना गरी मनाएको छ। कार्यक्रम मा स्थानीय समाजका शुभ चिन्तक हरुको सहभागिता रहेको थियो भने नेपाली टोपीको महत्व र पहिचान का बारेमा पुर्व अध्यक्ष श्री कोश्लेश्वर ढकाल ,सलाहकार श्री भुपेंद्र पाठक र समाज सेवी श्री राजेश मणि लामिछाने ले जानकारी गराऊनु भएको थियोर उपाध्याय श्री राम प्रसाद न्यौपाने ले स्वागत मन्तब्य दिनू भएको थियो ।यसै कार्यक्रम को माध्यम बाट अध्यक्ष श्री प्रबिण खराल ले देश बिदेश वा संसार भरी छरीएर रहनु भएका सम्पूर्ण नेपाली हरुमा नेपाली टोपी दिवसको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै टोपी दिवस र यस को महत्व का बारेमा छोटो मन्तब्य राख्नु भएको थियो । सन् २०१३ नेभेम्बर २६ तारिख मा रामचंद्र महर्जन ले सुरू गरेको अन्तर्राष्ट्रीय नेपाली टोपी दिवस लाई शान्ति नेपाली समाज बेलायतले आज सन् १ जनवरी २०२३ बाट नेपाली राष्ट्रीय पोशाक दिवस का रूपमा मनाउने समेत जानकारी गराऊनु भएको थियो र आज को वैज्ञानिक युगमा नगर परिक्रमा का अलाभा सामाजिक सन्जाल मार्फत सबैले सेयर कमेन्ट गरेमा सबै संसारमा फैलिएर रहेका नेपालीजन समक्ष छिटो र सरल तरीक़ाले पुराऊन सक्ने बिश्वास ब्यक्त गर्नु भयो।कार्यक्रम को लागी हल र चीया पानको ब्यबस्था The Yew Tree West Bromwich का संचालक श्री राजु गुरूगंले गर्नु भएको थियो !!





