बिजया दशमि तथा शुभदिपावली २०८३ शुभकामना तथा सांस्कृतिक सॅाझ

आदर्णिय दाजु भाई तथा दिदीबैनीहरु,

नेपाल idol का बिजेता गायक प्रताप दाश को प्रस्तुति संगै

शान्ति नेपाली समाज बेलायतले हाम्रा माहन पर्वहरु बिजया दशमि तथा शुभदिपावली को उपलक्ष्यमा यहि २६ अक्टोबर कोजागर्त पुर्णिमा सोमबारको दिन West Bromwich स्थित New Britannia inn,119 Dial Ln, B70 0EF मा शुभकामना तथा सांस्कृतिक सॅाझको आयोजना गर्देछ। सामुहिक टिका ग्रहण गरि सधै जसो उक्त कार्यक्रममा पनि नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रबन्द्धन गर्ने काम हुनेछ।उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुतिको लागि पहिलो प्राथमिकता हाम्रै समुदायका ब्यक्तिहरु लाई दिईनेछ।

बिजया दशमि तथा शुभदिपावली २०८३ शुभकामना तथा सांस्कृतिक सॅाझ

कलाकार सम्पर्क ब्यक्तिहरु-

१) उपाअध्यक्ष पार्वती भन्डारी-+44 7943 970428

२) कोषाअध्यक्ष शुशीला दवाडी-+44 7848 374687

३) सचिव डि आर पराजुलि-07467 635471

नोट-प्रतिभाहरुको नाम र प्रस्तुत गरिने बिषय यहि महिनाको २० गते सम्म दिनु पर्ने छ।

टिकट-£१८

बिधार्थि- £१० बिधार्थि परिचय पत्र अनिबार्य(नेपालबाट आएकालाई मात्र)

अग्रिम बुकिङ- £१५ (२४/१०/३०२६ सम्म मात्र)

कार्यक्रम शुरु- ठिक ४ बजे

अग्रिम टिकटको लागी सम्पर्क ब्यक्तिहरु-

१) कृष्ण ढकाल-07795 086674

२) लीला थापा-07533 443860

३) भोजराज भन्डारी-07402 844449

४) प्रविण खराल-07405 465515

५) राम प्रसाद न्यौपाने-07723 117797

६) शुशीला दवाडी- 07848 374687

७) चन्द्र शाहनी-07817 205418

८) शीब लाल पौडेल -07891 292448

धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बर्मिङ्घम तीज मेला २०२६ ऐतिहासिक रूपमा सम्पन्न

बर्मिङ्घम तीज मेला २०२६ ऐतिहासिक रूपमा सम्पन्न

वेस्ट ब्रोमिच, बेलायत — १० अगस्ट २०२६। बेलायतमा पहिलोपटक आयोजना गरिएको “बर्मिङ्घम तीज मेला २०२६” सोमबार वेस्ट ब्रोमिचमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, परम्परा र नयाँ पुस्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित मेलामा बेलायतका विभिन्न क्षेत्रबाट उल्लेख्य सहभागिता जनाइएको थियो।

शान्ति नेपाली समाज बेलायतको आयोजनामा तथा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको सहकार्यमा सम्पन्न मेलामा बर्मिङ्घम तथा आसपासका क्षेत्रसहित मिडल्यान्ड, लन्डनलगायत बेलायतका विभिन्न स्थानबाट नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो। करिब २,००० जनाको सहभागिता रहेको मेलाले नेपाली समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।

खुला आकाशमुनि खुला चौरमा आयोजना गरिएको मेलामा नेपालबाट आएका चर्चित राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो। चन्द्र शर्मा, विष्णु खत्री, रमेशराज भट्टराई, बबिता बानियाँ ‘जेरी’, जमुना राना र प्रोसेस पाण्डे लगायतका कलाकारले आफ्ना लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति, मौलिक तीज गीत तथा नृत्यले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

मेलामा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि पनि सञ्चालन गरिएको थियो। भलिबल, फुटबल, घैँटो फुटाउनेलगायतका प्रतियोगिता ले सहभागी तथा दर्शकको ध्यान खिचेको थियो। बालबालिकाका लागि राखिएको बाउन्सी क्यासल पनि विशेष आकर्षण बनेको थियो।

कार्यक्रममा मोडल सरिष्मा मगरको आकर्षक नृत्यले दर्शकको मन जितेको थियो। त्यस्तै, गायिका तथा प्रस्तोता शोभा त्रिपाठीले कार्यक्रमको उद्घोषणसँगै आफ्नो सांगीतिक प्रस्तुति पनि दिएकी थिइन्।

मेलालाई व्यापारिक तथा सामाजिक रूपमा समेत विविधतापूर्ण बनाउन खाना, कपडा, गरगहना, बीमा लगायतका ३० भन्दा बढी स्टल राखिएका थिए। विभिन्न सामग्री तथा सेवाका स्टलले मेलामा थप आकर्षण बढाउनुका साथै व्यवसायी तथा समुदायबीचको सम्पर्क विस्तारमा समेत सहयोग पुर्‍याएका थिए।

आयोजक शान्ति नेपाली समाज बेलायतले पहिलोपटक आयोजना गरिएको बर्मिङ्घम तीज मेलालाई अपेक्षाभन्दा उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको र  यसलाई ऐतिहासिक र सफल कार्यक्रमका रूपमा लिएको छ। समाज, संस्कृति र नयाँ पुस्तालाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति S.N.S.B. हार्दिक आभार व्यक्त गर्दछौ ।

मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दाता, सहकार्य गर्ने संघसंस्था, कलाकार, स्थानीय कलाकार, स्वयंसेवक, व्यवसायी, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण दर्शक–सहभागीप्रति शान्ति नेपाली समाज बेलायतले विशेष धन्यवाद व्यक्त गर्दछौ ।

बर्मिङ्घम तीज मेला केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई बेलायतमा नेपाली भाषा, संस्कृति, परम्परा र पुस्तान्तरणलाई जोड्ने साझा अभियानका रूपमा अघि बढेको छ। पहिलो संस्करणबाट प्राप्त उत्साह र सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक रूपमा निरन्तरता दिने आधार तयार गरेको  विश्वास गरेकाछौ ।

 

शान्ति नेपाली समाज बेलायत 

 

News

 

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

सबैमा नमस्कार,
नयाँ वर्ष २०८३ को शुभ अवसरमा शान्ति नेपाली समाज बेलायत ले हरेक वर्षझैँ यस वर्ष पनि भव्य नयाँ वर्ष स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ।

यस कार्यक्रममा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने नेपालबाट विशेष रूपमा आउनु भएका लोकप्रिय कलाकार सोनी कुँवर ज्यूको विशेष प्रस्तुति पनि रहनेछ। साथै, बर्मिंघमका प्रख्यात नौमती बाजा सहित विविध सांस्कृतिक कार्यक्रमहरूले माहोल अझ रमाइलो बनाउनेछ।

👉 आफ्नो सिट समयमै सुरक्षित गर्नुहोस्!
🎟️ Pre-booking गर्दा टिकट मात्र £16

📞 सम्पर्क नम्बर:
07482 274701
07943 970428

📅 मिति: 13 अप्रिल 2026
📍 स्थान: 119 Dial Lane, West Bromwich, B70 0EF (New Britannia Inn)
⏰ समय: बेलुका 4 बजेबाट

सुपथ मूल्यका टिकटहरू तल उल्लेखित क्षेत्रका प्रतिनिधिहरूसँग सम्पर्क गरी प्राप्त गर्न सकिन्छ। कृपया अग्रिम टिकट लिई सहज प्रवेशको व्यवस्था मिलाउनुहोस्।


📌 टिकट सम्पर्क व्यक्ति:

West Bromwich क्षेत्र:
राम प्रसाद न्यौपाने – +44 7723 117797
निशेन्तमान बज्राचार्य – +44 7548 928590
लेखनाथ घिमिरे – +44 7429 564412
काशी बन – +44 7412 287033
सीता पौडेल – +44 7482 274701

Yardley / Solihull क्षेत्र:
पदम शाही – +44 7309 379666
शङ्कर भण्डारी – +44 7508 040250
सागर अधिकारी – +44 7480 837287

Great Barr / Kingstanding / Sutton Coldfield क्षेत्र:
राजेश मणि लामिछाने – +44 7832 525001
बाबुराम सापकोटा – +44 7908 247746
कोपिला अधिकारी – +44 7813 524837
हिमाल श्रेष्ठ – +44 7886 177636


आउनुहोस्, सँगै नयाँ वर्ष २०८३ लाई उल्लासका साथ स्वागत गरौं! 🎊

वोष्टर, मार्लभर्न वरपर क्षेत्र:
श्री राजन भण्डारी, +447445699507

उपरोक्त लिष्टमा नाम संलग्न नभएका बेलायतका अन्य क्षेत्रहरु र सारा मिडल्याण्ड क्षेत्रको हकमा अध्यक्षज्यूलाई सम्पर्क गर्न सकिने छ।
धन्यवाद!
-कार्यसमिति, शान्ति नेपाली समाज बेलायत

विजया दशमी तथा शुभ दीपावली बिशेष कार्यक्रम २०८२

सबैमा नमस्कार,
आगामी १३अक्टोबर २०२५मा हाम्रो संस्था, शान्ति नेपाली समाज बेलायतले निम्न स्थान र समयमा विजया दशमी तथा शुभ दीपावली बिशेष कार्यक्रम २०८२ भव्यरुपमा सम्पन्न गर्दैछ। यसपटकको दशैंतिहार कार्यक्रम सदावहार नभै फरक हलमा, खसीको भूटन, सेलरोटी लगायतका हाम्रा मौलिक परिकार खाँदै, विजयोल्लासका साथ मनाउने कार्यक्रम छ।

पारसमणि जस्तो, जहाँ छोयो त्यही सुन हुने संस्थाका होनहार युवा र भूतपूर्व युवा सदस्यहरुलाई भजनमा उत्कृष्ट प्रदर्शन गरेकोमा, ब्याडमिन्टन च्याम्पियन, भलिबल मिडल्याण्ड च्याम्पियन तथा भलिबलको राष्ट्रिय च्याम्पियन हुनका लागि योगदान पुर्‍याउने साथीहरूलाई सम्मान गर्नुछ। नेपाली भाषा कक्षामा उत्कृष्ट हाम्रा छोराछोरीहरुलाई पुरस्कृत गर्नुछ। संस्थाले £5 माग्दा £500 दिने हाम्रै संस्थाका खम्बा, दानवीर मित्र सबैलाई चिनाउनु छ। नेपालमा अस्ति भरखरको द्वन्द्वमा संस्थालाई स्वेच्छिक रुपमा तन, मन र धनले सहायता गर्न तत्पर नेपालबाट पाल्नुभएका भोलेन्टियर पनि चिन्नुछ। विजया दशमी तथा शुभ दीपावली विशेष कार्यक्रम २०८२ मा हजुरहरु समस्तका सामु यी सबैकाम फास्टट्रयाकमा गरिसकेर राष्ट्रिय कलाकार श्री कृष्ण रेउलेका साथ भव्य मनोरञ्जन गर्ने हो।

मिति: १३/१०/२०२५
स्थान: न्यू ब्रिटानिया ईन, वेष्ट ब्रोम्विच (119 Dial Lane, West Bromwich, B70 0EF)
समय: दिउसो ४:00 बजेपछि रातिसम्म

पुनश्च: सम्बन्धित समस्तमा यसै पोष्टलाई अफिसियल निमन्त्रणामानि कार्यक्रममा उपस्थित भैदिनुहुन सविनय अनुरोध गर्दछौं। यस विशेष समारोहमा महान् चाड, विजया दशमी तथा दीपावलीको सुखद् उपलक्ष्यमा हाम्रा सदस्यहरुबिच एकापसमा शुभकामना आदानप्रदान समेत हुनेभएकोले समस्त सल्लाहकार, संरक्षक, बर्तमान र पूर्वकार्यसमिति, शुभेच्छुक, शुभचिन्तक, सहुलियत दरमा अन्तर्राष्ट्रिय बिध्यार्थी, नेपालबाट पाल्नुभएका अभिभावक तथा मित्रहरु, अतिथिहरु लगायत हाम्रा समस्त सदस्य महानुभावहरुको गर्विलो उपस्थिति प्रार्थनीय छ!

धन्यवाद!
-प्रार्थी,
राम प्रसाद न्यौपाने, अध्यक्ष, राजेश मणि लामिछाने, महासचिव तथा कार्यसमिति २०२४-२६

 

हरितालिका तीज विशेष कार्यक्रम २०८२

हार्दिक निमन्त्रणा

महिलाको कार्यक्रम महिलाले, महिलाकै लागि, महिलाद्वारा” भन्ने नाराका साथ यस शान्ति नेपाली समाज बेलायतले सदाझैं यो बर्षपनि आयोजना गर्ने महिलामात्रको महान् चाड “हरितालिका तीज विशेष कार्यक्रम २०८२” मा यहाँको गरिमामय उपस्थिति प्रार्थनीय छ।

कोमल ओली सहितका कलाकारहरुसंग गायन, अभिनेता धिरेन शाक्य संग नृत्य र टिकटक सहितको भव्य कार्यक्रम हुँदैछ।

महिला दिदीबहिनी हरुलाई ५०% छुटको ब्यवस्था छ।

कार्यक्रम: तीज विशेष २०८२ शुभकामना आदानप्रदान तथा साँस्कृतिक समारोह
स्थान: The Conference Suite, Thomas St, West Bromwich B70 6LY
मिति: Monday, 18th August 2025
समय: 16:00, दिउसोको ४ बजे

 

बडा दशै तथा तिहार कार्यक्रम २०८१ (Oct-2024)

नमस्कार

आदर्णीय,आमा,बुवा,दीदी-बैनी,दाजुभाई,समाज सेवी,बुध्दीजीवी ,समाज प्रेमी तथा प्यारा साथीहरू !

शान्ति नेपाली समाज बेलायत ले बितेका बर्ष हरूमा झै यस पालि पनी नेपालीहरू को बडा दशै तथा तिहार को सुखद ऊपलक्ष्यमा नेपाल का राष्ट्रिय ख्याति प्राप्त कलाकार लोकप्रिय गायक रबिन लामिछाने तेस्तै चर्चित गायीका शुशीला गौतम नेपाली समृद्धि ब्याण्ड लगायतका कलाकारहरूको बेजोड प्रतुतीका साथ स्थानीय कलाकार हरू को रोचक नृत्य तथा बिबिध सांस्कृतिक झलकहरू नेपाली नौमती बाजाका साथ भब्य रूपमा तलको मिति,समय र स्थान मा मनाउन गैरहेको हुनाले उक्त सांगितिक कार्यक्रम मा ऊपस्थीती जनाऊनु भएर कार्यक्रमको सोभा बढाई दिनुहुन र कार्यक्रमको भरपुर मनोरन्जन लिनु हुन शान्ति नेपाली समाज बेलायत परिवार हार्दिक अनुरोध गर्द छौं।

मिति: 14 October 2024 Monday
समय: 4 pm
स्थान: The Conference suite,Thomas Road,West Bromwich,B70 6LY
Tickets adult advance £15 and door £20
Children (6 to 12 years old) and International students with ID card £10
यस पाली अग्रीम टिकट को ब्यवस्था गरिएको ले समाज को बैंक खाता( HSBC Bank plc,
Shanti Nepali Samaj,
Sort code 40-11-01
Account number 61438220
Businesses Account )मा पैसा जम्मा गरी जसले हजुर लाई सम्पर्क गर्नु भएको छ वहाँ लाई तथा कार्यसमिति का पदाधिकारीहरू लाई रिसिट शेयर गरेर अथवा नगद दिएर समयमै आफ्नो सिट सुरक्षित गर्न सक्नु हुने छ साथै ,Refrence मा Ticket लेख्नु होला र यो सुबिधा 13 October 2024 राती 12 सम्मको लाई मात्र अग्रिम मानिने छ तेसपछी टिकट खरिद गर्ने हरूको हकमा £20 पाउण्ड नै लाग्ने छ टेबल सेटिंग,खाना लगायत को बेबस्थाको लागी यसो गरिएको सबैलाई जानकारी गराऊद छौ।
शान्ति नेपाली समाज बेलायत परिवार 🙏

तीज बिशेष सांस्कृतिक सांगीतिक धमाकामा २०८१ सम्पन्न

२ सेप्टेम्बर २०२४ सोमवारका दिन शान्ति नेपाली समाजले तीज विशेष सांस्कृतिक सांगीतिक धमाका २०८१ कार्यक्रम The Conference Suite, West Bromwich मा सफलतापूर्वक सम्पन्न गर्यो।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश, बाग्लुंग क्षेत्र नम्बर १, प्रदेश सभा २ का सांसद माननीय डिल्लीराम सुबेदी ज्यु हुनुहुन्थ्यो भने बिशेष अतिथि अमर माध्यमिक विद्यालय बिहुकोटका पूर्व प्रधानाध्यापक, शिक्षाका ज्ञाता हरी प्रसाद कडेल ज्यु हुनुहुन्थ्यो। शान्ति नेपाली समाज बेलायतका संस्थापक, पूर्व अध्यक्षहरू, सल्लाहकार ज्युहरू, कार्यसमिति सदस्यहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको पनि उपस्थिति थियो। कार्यक्रमलाई सफल बनाउन भान्सामा खटिएका साथीहरू निशान्त मान बज्राचार्य, हिमाल श्रेष्ठ, सुमन बर्तौला लगायत धेरै साथीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे।

यस विशेष कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू टिका सानु, बसन्त लम्साल र सपना गाहा मगरले शानदार प्रस्तुति दिए। मनकामना महिला समूहका दिदीबहिनीहरूले तीजका पारम्परिक गीतहरूमा नाचगान गरी कार्यक्रममा थप रौनक थपे। कार्यक्रमको संचालन संस्था महासचिव बिनोद थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष राम न्यौपानेले दिनुभएको थियो।

कार्यक्रमको उद्घाटन दियो प्रज्वलनबाट प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले गरे। बिभिन्न संस्थाका आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। बालबालिका तथा स्थानीय कलाकारहरूले नाचगान, कविता र लाखे नृत्य प्रस्तुत गरी सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाएका थिए।

समारोहमा आकर्षक पुरस्कारसहित राफलको पनि व्यवस्था गरिएको थियो, जसले कार्यक्रमलाई थप रोमाञ्चक बनायो। विभिन्न कलाकार तथा अतिथिहरूलाई सम्मान पत्र प्रदान गरेर उनको योगदानको कदर गरियो। करिब १२०० जनाको उपस्थिति रहेको यो कार्यक्रम अत्यन्तै सफल र मनोरञ्जनपूर्ण रह्यो।

धन्यवाद 🙏
प्रविण खराल
अध्यक्ष

शान्ति नेपाली समाज बेलायत ।

नेपाली नँया बर्ष बि.सं. २०८१ साल को शुभकामना आदान प्रदान कार्यक्रम

शान्ति नेपाली समाज बेलायत ले नेपाली नँया बर्ष बि.सं. २०८१ साल को सुखद ऊपलक्ष्यमा नेपाल का राष्ट्रीय ख्याति प्राप्त कलाकार बहुचर्चित गीतहरूः एउटा मुटु कसलाइ पुराऊने,सम्झना मा आउ है,ईमो पनी खोले ..,डाफे चरी गित गाउदै भन्छे..,जुरेली चरी जस्ता प्रख्यात गीतहरू मा आफ्नो आवाज़ दिएर स्रोता दर्शक माझ सुपरिचित राष्ट्रीय कलाकार गायक बसन्त लम्साल र दिलमा तिम्रै नाम छ,दुलही रानी तथा तम्घास माथी रेसुंघा जस्ता कर्ण प्रिय गीत गाएर नाम कमाएकी राष्ट्रीय कलाकार गायिका सपना गाहा मगरको बेजोड प्रतुतीका साथ स्थानीय कलाकार हरू को रोचक नृत्य तथा बिबिध सांस्कृतिक झलकहरूका साथ भब्य रूपमा तलको मिति,समय र स्थान मा मनाउन गैरहेको सांस्कृतिक सांगितीक कार्यक्रम मा ऊपस्थीती जनाऊनु भै कार्यक्रम को सोभा बढाई दिनुहुन र कार्यक्रम को भरपुर मनोरन्जन लिनु हुन शान्ति नेपाली समाज बेलायत परिवार हार्दिक अनुरोध गर्द छौ ।

सम्पर्क : श्री प्रबिण खराल 07405465515 महासचिव श्री बिनोद थापा 07577 154430 उपाध्यक्ष श्री राम प्रसाद न्यौपाने 07723 117797 उपाध्यक्ष श्री बाबुराम सापकोटा 07908 247746सांस्कृतिक उपसंयोजक श्रीमती माया काफ्ले 07429 044395

नोटःस्थानीय कलाकाहरूले आफ्नो प्रस्तुतीका लागी उपाध्यक्ष श्री राम प्रसाद न्यौपाने ज्यु र सांस्कृतिक उपसंयोजक श्रीमती माया काफ्ले लाई सम्पर्क गरेर नाम दर्ता गराउनु होला।

मिति:  (Monday)  1st  समय: 3 Pm स्थान: The Conference suite,Thomas Road,West Bromwich,B70 6LY

News

https://nepalbritain.com/?p=146299

https://www.nepalilink.com/2024/04/04/84058.html

शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्यो ।

शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्ने ।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ २०२८० कार्तिक १७ गते (13-11-2023) गएको भूकम्पबाट पिडितहरुको लागि शान्ति नेपाली समाज बेलायतले सहयोग ३ लाख नेपाली बराबरको बिभिन्न  खाद्यान्य लगायत राहतका सामग्रीहरु बीतरण गरि वास्तविक भूकम्प पिडितहरु  लाइ मलम लगाउने काम गरेको छ  ।
संस्थाका अध्यक्ष प्रविण खरालका अनुसार संस्थाले १८ सय पाउण्ड (करिब तीन लाख रुपैयाँ) बराबरको सहयोग  विश्व साईकल यात्रीद्धय अजय मिश्र र भगवत खत्री मार्फत भूकम्प प्रभावित क्षेत्रमा खाध्यन्न वितरण गरिएको हो  ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

२०८० दशैँ तिहार कार्यक्रम

Venue : 

हार्दिक निमन्त्रणा/चुले निम्तो छ है सबैमा 🙏 शान्ति नेपाली समाज बेलायत ले यस पाली पनी नेपाली हरूको महान पर्व बडा दशै तथा तीहार को सुखद ऊपलक्ष्यमा नेपाल का राष्ट्रीय ख्याति प्राप्त कलाकार द्वोय ईश्वर सिंघ र पुर्ण कला बि सी को बेजोड प्रतुतीका साथ स्थानीय कलाकार हरू को रोचक नृत्य तथा बिबिध सांस्कृतिक झलकहरूका साथ भब्य रूपमा तलको मिति,समय र स्थान मा मनाउन गैरहेको सांस्कृतिक सांगितीक कार्यक्रम मा ऊपस्थीती जनाऊनु भै कार्यक्रम को सोभा बढाई दिनुहुन र कार्यक्रम को भरपुर मनोरन्जन लिनु हुन शान्ति नेपाली समाज बेलायत परिवार हार्दिक अनुरोध गर्द छौ साथै सम्पर्क का लागी अध्यक्ष श्री प्रबिण खराल 07405465515 महासचिव श्री बिनोद थापा 07577 154430 कार्यक्रम संयोजक श्री राम प्रसाद न्यौपाने 07723 117797 सांस्कृतिक संयोजक श्रीमती सीता पौडेल 07482 274701 मिति: 30 October 2023 Monday समय: 3pm स्थान: The Conference suite,Thomas Road,West Bromwich,B70 6LY.

 अध्यक्ष         प्रबिण खराल 

महासचिव       बिनोद थापा