सबैमा नमस्कार,
आगामी १३अक्टोबर २०२५मा हाम्रो संस्था, शान्ति नेपाली समाज बेलायतले निम्न स्थान र समयमा विजया दशमी तथा शुभ दीपावली बिशेष कार्यक्रम २०८२ भव्यरुपमा सम्पन्न गर्दैछ। यसपटकको दशैंतिहार कार्यक्रम सदावहार नभै फरक हलमा, खसीको भूटन, सेलरोटी लगायतका हाम्रा मौलिक परिकार खाँदै, विजयोल्लासका साथ मनाउने कार्यक्रम छ।
पारसमणि जस्तो, जहाँ छोयो त्यही सुन हुने संस्थाका होनहार युवा र भूतपूर्व युवा सदस्यहरुलाई भजनमा उत्कृष्ट प्रदर्शन गरेकोमा, ब्याडमिन्टन च्याम्पियन, भलिबल मिडल्याण्ड च्याम्पियन तथा भलिबलको राष्ट्रिय च्याम्पियन हुनका लागि योगदान पुर्याउने साथीहरूलाई सम्मान गर्नुछ। नेपाली भाषा कक्षामा उत्कृष्ट हाम्रा छोराछोरीहरुलाई पुरस्कृत गर्नुछ। संस्थाले £5 माग्दा £500 दिने हाम्रै संस्थाका खम्बा, दानवीर मित्र सबैलाई चिनाउनु छ। नेपालमा अस्ति भरखरको द्वन्द्वमा संस्थालाई स्वेच्छिक रुपमा तन, मन र धनले सहायता गर्न तत्पर नेपालबाट पाल्नुभएका भोलेन्टियर पनि चिन्नुछ। विजया दशमी तथा शुभ दीपावली विशेष कार्यक्रम २०८२ मा हजुरहरु समस्तका सामु यी सबैकाम फास्टट्रयाकमा गरिसकेर राष्ट्रिय कलाकार श्री कृष्ण रेउलेका साथ भव्य मनोरञ्जन गर्ने हो।
मिति: १३/१०/२०२५
स्थान: न्यू ब्रिटानिया ईन, वेष्ट ब्रोम्विच (119 Dial Lane, West Bromwich, B70 0EF)
समय: दिउसो ४:00 बजेपछि रातिसम्म
पुनश्च: सम्बन्धित समस्तमा यसै पोष्टलाई अफिसियल निमन्त्रणामानि कार्यक्रममा उपस्थित भैदिनुहुन सविनय अनुरोध गर्दछौं। यस विशेष समारोहमा महान् चाड, विजया दशमी तथा दीपावलीको सुखद् उपलक्ष्यमा हाम्रा सदस्यहरुबिच एकापसमा शुभकामना आदानप्रदान समेत हुनेभएकोले समस्त सल्लाहकार, संरक्षक, बर्तमान र पूर्वकार्यसमिति, शुभेच्छुक, शुभचिन्तक, सहुलियत दरमा अन्तर्राष्ट्रिय बिध्यार्थी, नेपालबाट पाल्नुभएका अभिभावक तथा मित्रहरु, अतिथिहरु लगायत हाम्रा समस्त सदस्य महानुभावहरुको गर्विलो उपस्थिति प्रार्थनीय छ!
धन्यवाद!
-प्रार्थी,
राम प्रसाद न्यौपाने, अध्यक्ष, राजेश मणि लामिछाने, महासचिव तथा कार्यसमिति २०२४-२६