शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्यो ।

शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्ने ।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ २०२८० कार्तिक १७ गते (13-11-2023) गएको भूकम्पबाट पिडितहरुको लागि शान्ति नेपाली समाज बेलायतले सहयोग ३ लाख नेपाली बराबरको बिभिन्न  खाद्यान्य लगायत राहतका सामग्रीहरु बीतरण गरि वास्तविक भूकम्प पिडितहरु  लाइ मलम लगाउने काम गरेको छ  ।
संस्थाका अध्यक्ष प्रविण खरालका अनुसार संस्थाले १८ सय पाउण्ड (करिब तीन लाख रुपैयाँ) बराबरको सहयोग  विश्व साईकल यात्रीद्धय अजय मिश्र र भगवत खत्री मार्फत भूकम्प प्रभावित क्षेत्रमा खाध्यन्न वितरण गरिएको हो  ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

Kashi Sharma
Author: Kashi Sharma